काठमाडौं । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१०० १ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिकाका दीपक बोहरा र जनक खड्काको जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते हुनेमा कमलबजारकै दिनेश साउद, लक्ष्मण थापा, वीरेन्द्र विष्ट र देवेन्द्र विष्ट छन् । उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार

