काठमाडौं । विश्वकप २०२३ को फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई हराएको छ । भारतले अष्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले भारतलाई छ विकेटले पराजित विश्वकप क्रिकेटको उपाधि जितेको छ । योसँगै तेस्रो पटक विश्वकप क्रिकेट जित्ने भारतको सपना चकनाचुर भयो ।अष्ट्रेलियाका लागि सर्वाधिक १३७ रन, ट्राभिस हेड र लाबुसचेनले ५८ रन बनाए ।
स्टिभ स्मिथ ४ रन बनाएर आउट भए भने मिचेल मार्स १५ रनमा सिमित हुनुपर्यो । बुमराहले दुई विकेट लिएका हुन । यसअघि डेभिड वार्नर ७ रन बनाएर आउट भएका थिए । उनलाई मोहम्मद शामीले आउट गरेका हुन । फाइनल खेलमा ट्राभिस हेडले शतक र मार्नस लाबुस्चेनको अर्धशतक बनाए । भारतीय फ्यानहरू निशास हुँदै निस्केका छन । पहिलो तीन विकेटपछि हर्षित भएका भारतीय फ्यानहरु हारपछि निराश हुँदै रंगशाला छोड्न बाध्य भएका हुन ।