२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हामी व्यवस्था हैन, अवस्था फेर्न अडिग छौ: नेताकै कारण व्यवस्था खराब भन्ने भ्रम – रवि लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामीछानेले केही दल र नेताहरूकै कारण लोकतन्त्र, गणतन्त्र व्यवस्था प्रति जनताको गुनासो बढेको बताएका छन् । ‘अहिले जे भइरहेको छ त्यो जनताको निराशाको अभिव्यक्ति हो, उनले भने, ‘दल र नेता बलियो भइदिएको भए यो अवस्था आउँदैनथ्यो होला ।’

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलन दल र नेताहरू कै उपज भएको बताए । ‘आम सर्वसाधरणले खराब नेताहरूको नाम लिन चाहायो भने गनेर साध्यै लाग्दैन्, उनले भने, ‘आम नागरिकको बुझाइमा व्यवस्था गलत भन्ने हुँदै गएको छ । हामीले व्यवस्था हैन अवस्था परिवर्तन गर्नु पर्छ भनेका छौं ।’

मधेश केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका अध्यक्ष लामिछानेले सदरमुकाम गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विश्वका धेरैजसो देशहरूले यही व्यवस्थाको जग टेकेर प्रगति गरिरहेको सुनाए । पत्रकार भेटघाट कार्यक्रममा दलका नेताहरू प्रति उनले लामो समयसम्म गुनासो र टिप्पणी गरे । ‘लोकतन्त्र र अहिलेको सविधानमा चित्त नबुझेको कुरा भन्न र विरोध गर्न पाउने अधिकार छ । त्यही अधिकार टेकेर कसैले विरोध गर्छ भन्ने सरकार दमनको बाटोमा लाग्नु हुन्न,ु उनले भने, ‘सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारको हो । तर शान्ति सुरक्षा खलल भयो भने मात्र उसले सुरक्षा व्यवस्था प्रतिख्याल राख्नु पर्छ ।’

मधेशमा रास्वपा कमजोर छ की भन्ने प्रश्नमा उनले भने, ‘मधेशमा हाम्रो संगठन कमजोर छ भन्न सकिन्न । मतको हिसाबले मधेशमा ल्याएकै छौं । अहिले नै कुन जिल्लामा कमजोर र बलियो भन्न गाह्रो छ । अन्य प्रदेश भन्दा मधेशमा हामी बलियो हुन नपाएको चै हो । अब राणनीतिक हिसाबले हामी अघि बढ्दै छौं । अब मधेशलाई प्राथमिकताका साथ अघि लैजान्छौं । अब मूल्याकंन गर्ने बेला आएको छ ।’

उनले अर्थतन्त्र धराशायी हुँदासम्म अर्थमन्त्रीले राम्रो छ भन्नु हास्यास्पद भएको टिप्पणी गरे । प्रधामन्त्री पुष्पकमल दाहालले आब्हान गरेको सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको छ, उनले भने, ‘देशको अर्थतन्त्र बलियो हुने आधारको खोजी गरिएको छैन । खाली देखावटी रुपमा बैठक बोलाइयो भन्ने मात्र पारिएको छ ।’

 

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस