२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपालको खेल भूकम्पपीडितप्रति समर्पित, खेलाडीहरुले कालो पट्टी बाँधेर खेले

Nepal game dedicated to earthquake victims

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलिरहेका छन्। जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा ज्यान गुमाएका तथा घाइते भएकाहरुको सम्झनामा नेपाली खेलाडीले कालोपट्टी बाँधेर खेलेका हुन् ।

कप्तान रोहित पौडेलले आज (आइतबार) को फाइनल खेल भूकम्पपीडितहरुप्रति समर्पित हुने बताए। शुक्रबार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने ठुलो संख्यामा घाइते भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार खेलबाट टिकट बिक्री गरेर उठेको आधा रकम पीडितहरुलाई दिने पनि घोषणा गरेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस