२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्रोही हमलामा २३ सैनिक मारिए

23 soldiers were killed in the insurgent attack

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिममा सुरक्षाकर्मीहरूको एक शिविरमा भएको विद्रोही हमलामा परेर कम्तीमा २३ जना सैनिकहरू मारिएका छन् । साथै दर्जनौँ घाइते भएको खबर सार्वजनिक भएको छ । बीबीसीका अनुसार पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको दरबान क्षेत्रमा सुरक्षा बलमाथि आत्मघाती हमला भएको हो ।

जानकारी अनुसार अफगानिस्तानतर्फको सीमा नजिकै पर्ने उक्त स्थानमा मङ्गलवार बिहानै विस्फोटक पदार्थहरू राखिएको एउटा गाडी सैन्य भवनमा जोताइएपछि उक्त घटना भएको थियो । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकू समूहले लिएको छ । उक्त प्रहरी परिसरलाई पाकिस्तानी सेनाले आफ्नो शिविरको रूपमा प्रयोग गर्दै आएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस