२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीयलाई बचाउन के गर्दैछ मोदी सरकार ?

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय पर्खिरहेका आठ भारतीयलाई बचाउन नरेन्द्र मोदी सरकारले हरसम्भव प्रयास गरिरहेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ताले यो मुद्दा कतारको पुनरावेदन अदालतमा रहेको र अहिलेसम्म तीनवटा सुनुवाइ भइसकेको बताएका छन् । विदेश मन्त्रालयले भनेको छ, ‘दोहामा रहेका हाम्रा राजदूतहरूलाई गत डिसेम्बर ३ मा यी आठ जनालाई भेट्ने अवसर प्रदान गरिएको थियो ।

तर त्यसबाहेक अहिले साझा गर्नलाई केही छैन् । अहिले मलाई थाहा छैन त्यहाँ कति जनालाई माफी दिइएको छ र यसमा कोही भारतीय छन् वा छैनन् ?’ कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएपछि भारतका लागि ठूलो चुनौती उब्जिएको छ । मृत्युदण्डको सजाय सुनाइएका आठ जना भारतीय नौसेनाका पूर्व अधिकारी हुन् । मृत्युदण्ड पाउनेमा कमाण्डर पूर्णेन्दु तिवारी, क्याप्टेन नवतेज सिंह गिल, क्याप्टेन सौरभ वशिष्ठ, क्याप्टेन वीरेन्द्र कुमार वर्मा, कमाण्डर सुग्नाकर पकाला, कमाण्डर सञ्जीव गुप्ता, कमाण्डर अमित नागपाल र सेलर रागेश रहेका छन् ।

उनीहरू रक्षा सेवा कम्पनीमा काम गरिरहेका थिए । कम्पनीमा काम गर्ने सबैले भारतीय नौसेनाबाट अवकाश लिएका थिए । ३० अगस्ट, २०२२ मा कतारमा ती व्यक्तिलाई पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध सुनुवाई यहीँ वर्ष मार्च २९ मा सुरु भएको थियो । मृत्युदण्डको सजाय पाएका भारतीयमाथि इजरायलका लागि जासूसी गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस