२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहेको तेस्रो दिन दुलही जेल परिन्, ७० हजारमा बिकेर गरिन् लाजमर्दो हर्कत

काठमाडौं । बिहेको तेस्रो दिन भागेकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई चकित पारेर भागेको श्रीमानको भनाइ छ । घटना भारत, उत्तर प्रदेशको आगरा, ट्रान्स यमुना प्रहरी चौकी क्षेत्रको हो । नव दुलहीले ठगी गरेर बिहे गरेको प्रहरीले जनाएको छ । बिहेको भोलिपल्ट उनी भागिन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर गिरोहका अन्य सदस्यहरुको खोजी गरिरहेको छ ।

एक बिचौलियाले भारु ७० हजार रुपैयाँमा युवकको बिहे गर्दिएका थिए । यमुना चौकीका सुमनेश विकले दिएको जानकारी अनुसार नागला रामबल निवासी अनिल कुमारको विवाह १८ डिसेम्बरमा एक मन्दिरमा भएको थियो । अनिलले आफ्नो चिनजानका राजेशकुमार दोहरालाई विवाहको लागि भनेका थिए । राजेशले हातरसको सासनी निवासी सुनिलसँग उनको परिचय गराए ।

सुनिलले उनलाई प्रदीप नाम गरेका युवकसँग चिनाइ दिए । प्रदीपले एउटी केटीलाई देखाए । उनको नाम रजनी थियो । दुवैले एकअर्कालाई मन पराए । सोही क्रममा प्रदीपले बालिका गरिब परिवारकी भएको जानकारी गराए । दुवैतर्फको खर्च केटाले बेहोर्नुपर्ने सर्त राखियो । अनिल सहमत हुँदै ७० हजार रुपैयाँ दिए । १८ डिसेम्बरमा अनिलले मन्दिरमा विवाह गरेर दुलही आफ्नो घर भित्राए । विवाहको दोस्रो दिन दुलहीले नाटकीय रूपमा आफू बिरामी भएको बताइन् । उनी श्रीमानसँग औषधि खाने बहानामा घरबाट निस्किइन् ।

हातरस रोड पुगिन्, जहाँ प्रदीप पहिले देखि नै थिए । उनीहरुको फोनमा कुरा भइरहेको थियो । दुलही प्रदीपसँगै भागिन् । खबर पाएपछि प्रहरीले कारबाही थाल्यो र नवविवाहित दुलहीलाई समात्यो । प्रहरीसँग दुलहीले अनिलसँग पैसाका लागि मात्रै बिहे गरेको बयान दिइन् । सोधपुछका क्रममा दुलही मूलत: मुरादाबादको कटघर निवासी भएको पाइयो । प्रहरीले पक्राउ नगरेको भए उनी भाग्ने तयारीमा थिइन् ।

अनिलसँग आफ्नो कुनै सरोकार नभएको उनको भनाई थियो । पैसाका लागि बिहे गरेर उनले ७० हजारबाट केही हिस्सा पाइन् । प्रहरीले ठगी मुद्दा दायर गरेर दुलहीलाई बुधबार अदालतमा पेस गरेको थियो । प्रहरी चौकीबाट जमानत पाएपछि फेरि कसैलाई ठग्ने डरका कारण अदालतले अभियुक्त दुलहीलाई जेल पठाएको हो ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस