२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विवाहमा बेहुलाले लगाए २० लाख रुपैयाँको माला

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक दुलहाले ५०० भारुको नोटबाट बनेको माला लगाएका छन् । उनले लगाएको मालाको कुल मूल्य २० लाख भारु रहेको छ । दुलहाको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, जुन चर्चाको विषय बन्यो । छतदेखि भुइँसम्म झुण्ड्याइएको ५०० रुपैयाँको नोटको मालाले दर्शकको ध्यान खिच्यो ।

भिडियो हरेपछि धेरैले दुलहाको सम्पत्तिको प्रशंसा गरे भने कोही–कोहीले यस्तो भव्य प्रदर्शनमाथि प्रश्न पनि गरेका छन् । नोटको प्रामाणिकताको बारेमा पनि अड्कलबाजी भयो । यो भिडियो भारत, हरियाणाको कुरेशीपुर गाउँको हो । नोटको माला लगाउने परम्परा केही क्षेत्रहरूमा सामान्य छ । विशेष गरी विवाह र उत्सवको समयमा, जहाँ यसलाई समृद्धि र सौभाग्यको प्रतीकको रूपमा हेरिन्छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस