२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यदि तपाईंको पार्टनर पनि जिद्दी छ भने नयाँ वर्षमा यी ८ टिप्स अपनाउनुहोस्

काठमाडौं । हाम्रा वरपर हुने हरेक व्यक्तिको विचार एक अर्कासँग मेल खाँदैन् । प्राय: व्यक्तिहरु जिद्दी स्वभावका हुन्छन् । आफ्नो कुरा सही अरुका कुरा गलत्त भन्ने स्वभाव भएका मान्छेहरुसँग कुरा गर्न सहज हुँदैन् । त्यस्ता व्यक्तिहरू अक्सर आफ्नै विश्वास, विचारसित जोडिएर बस्छन् । उनीहरू आफूसित वा आफ्नो विचारसित असहमत हुने जो कोहीलाई महत्व दिन मान्दैनन् । कुनै कुरा प्राप्त गर्ने वा चाहने अटुट इच्छाले मान्छेलाई जिद्दी बन्न सिकाउँछ । अरूको विचार तार्किक भए पनि उनीहरुलाई कुनै फरक पर्दैन ।

यसको लक्षणले हीन वा कमजोर भएको महसुस गराउँछ ।आफ्नो विचार अरूमाथि थोपर्नेदेखि जिद्दी देखिँदासम्म, तपाईं निराश हुन सक्नुहुन्छ । चरम अवस्थामा, यसले व्यक्तिको दैनिक जीवन र समग्र विकासमा बाधा पुर्याउन सक्छ । हामी यस्ता मानिसहरूलाई जताततै भेट्छौं । यदि तपाईंको साथी यस्तो छ भने अझ गाह्रो हुन सक्छ । आज हामी नयाँ वर्ष २०२४ सँगै तपाईं यी टिप्सहरु प्रयोग गरेर कसरी सामना गर्न सक्नुहुन्छ भनेर चर्चा गर्न गइरहेका छौँ । क्यालिडोस्कोप, मानसिक स्वास्थ्य केन्द्रकी मनोवैज्ञानिक डा. इशिता मुखर्जी जिद्दी मान्छेसँग कुरा गर्ने र उनीहरूलाई आफूजस्तै देखाउने निम्न ८ तरिका सुझाउनुहुन्छ ।

कोमल र नरम हुनुहोस्
कुराकानी गर्दा विस्तारै अगाडि बढ्नुहोस् । जिद्दीपन भएका व्यक्तिलाई समय दिनुहोस् । यसले उनीहरूको कठोर दिमाग खोल्न मद्दत पुग्छ ।

कुराकानीलाई विभाजन गर्नुहोस्
कुरा गर्दा के कुरा निश्चित गर्नुहोस् भने तपाईं आफ्नो कुराकानीलाई सानो भागहरूमा विभाजन गर्नुहुन्छ । यसबाट अरुलाई तपाईंको दृष्टिकोण बुझ्न सहयोग गर्दछ ।

सही समयको प्रतीक्षा गर्नुहोस्
कुराकानी सुरु गर्नुअघि अर्को व्यक्तिको मुड बुझ्नु धेरै महत्वपूर्ण हुन्छ ।

जिद्दीको कारण सोध्नुहोस्
विनम्रतापूर्वक जिद्दीको कारणबारे सोध्दा, आत्म–जागरूक हुन थाल्छ । यसले व्यवहारमा परिवर्तन ल्याउन मद्दत गर्न सक्छ । यसले उनीहरूको आन्तरिक आवश्यकताहरूलाई सम्बोधन गर्न सक्छ ।

उनीहरूको विचारप्रति सचेत हुनुहोस्
एक राम्रो श्रोता बन्न सिक्नुहोस् । कुनै मानिस जिद्दी छ भने उसले भनेका सबै कुरा अमान्य हुँदैनन् । कुनै खास बुँदामा किन जोड दिइरहेको छ भन्ने कारण बुझ्ने कोसिस गर्नुहोस् । दोस्रो व्यक्तिको कुरा सुनेर तपाई उनीहरुलाई आदरको महसुस गराउनुहुनेछ ।

कुरा नलुकाएर सीधा भन्नुहोस्
जब हामी कुनै जिद्दी व्यक्तिलाई तिमी (ऊ) गलत छ भन्छौँ उनीहरू आफ्नो विचारप्रति अझ कठोर हुन्छन् । स्थितिलाई अझ राम्रो तरिकाले सम्हाल्न तपाईं विचार विशेष भएको टिप्पणी गर्न सक्नुहुन्छ ।

सञ्चार
हामी केवल एक कुराकानीद्वारा विचार परिवर्तन गर्न सक्षम नहुन सक्छौं । सञ्चारमार्फत हामी निश्चित रूपमा उनीहरूलाई सही बाटोमा ल्याउन सक्छौं । यस्तो परिस्थितिमा वार्तालाप कौशल जहिले पनि उपयोगी हुन्छ ।

धेरै अनुरोध नगर्नुहोस्
यदि तपाईं जिद्दी व्यक्तिलाई सुधार्न चाहनुहुन्छ भने आफ्नै तरिकाले केही गर्नुहोस् । तपाईं भावनात्मक दृष्टिकोणको सट्टा तर्कसंगत दृष्टिकोण अपनाउन सक्नुहुन्छ । त्यसले केही फरक पारेन भने पुन: सम्झाउने प्रयास गरेर आफैलाई दु:ख दिने काम गर्नुहुँदैन् ।

कुनै पनि कुरामा दबाब नदिनुहोस्
जिद्दी एक व्यक्तिको विशेषता हो, जसको सजिलै सामना गर्न सकिन्छ । स्विस दार्शनिक जोहान कास्पर लावाटरले भनेका छन्, ‘जिद्दी कमजोरीको शक्ति हो । यो हामीमा निर्भर गर्दछ कि हामी यसको सामना कसरी गर्छौं ।’

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस