२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पिकनिकमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिएकी प्रिन्सिपलको जागिर गयो

काठमाडौं । शैक्षिक भ्रमणमा गएका विद्यार्थी–शिक्षिका (प्रधानाध्यापक) को आपत्तिजनक तस्वीर र भिडियो भाइरल भएको छ । घटना भारत, कर्नाटकको चिक्कबल्लापुर जिल्लाको चिन्तामणि तालुकको मुरुगामल्लास्थित सरकारी उच्च विद्यालयको हो । तस्विर र भिडियो सार्वजनिक भएपछि विद्यालय शिक्षा विभागका जिल्ला उपनिर्देशकले विभागीय छानबिन नभएसम्मका लागि शिक्षिकालाई निलम्बन गरेका छन् । भाइरल फोटोमा शिक्षिका र विद्यार्थीले विभिन्न पोजमा आपत्तिजनक फोटो खिचेका छन् । विद्यार्थीले शिाक्षकाको गालामा चुम्बन गरेर साडी तानिरहेका छन् । उनले काखमा उठाएको पनि देख्न सकिन्छ ।

भाइरल भिडियोमा शिक्षिकाले छात्रलाई अँगालो हालेर रोमान्टिक भएको देखिन्छ । चिन्तामणि जिल्लाकी शिक्षा अधिकारी उमा देवीले विद्यालय पुगेर शिक्षक, विद्यार्थी र भान्सामा काम गर्ने कर्मचारीसँग सोधपुछ गरेकी थिइन् । उमादेवीका अनुसार विद्यालयका विद्यार्थी र कर्मचारी गत २२ देखि २५ डिसेम्बरसम्म होरानाडु, धर्मस्थल, यानालगायतका स्थानमा शैक्षिक भ्रमणमा गएका थिए । सोही क्रममा यो घटना घट्यो । भाइरल भएका तस्विरहरू अर्का विद्यार्थीले कैद गरेका हुन् । दुई विद्यार्थी र शिक्षिकाबाहेक अरू कसैलाई पनि यस विषयमा थाहा थिएन् ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस