२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१००० वर्षपछि मानिस कस्तो देखिन्छ ? एआईले बनायो डरलाग्दो तस्विर !

काठमाडौं । आजका पुस्ता स्मार्ट फोनबिना एक छिन पनि बिताउन सक्दैन् । केही दशक पहिले मान्छे आज जे छ त्यो थिएन् । यसबीच हाम्रो भावी पुस्ता कस्तो हुन्छ ? अबको केही शताब्दीपछि मानिस कस्तो देखिएला ? विज्ञान र प्रविधिमा रुचि राख्ने मानिसहरूका लागि यो कुरा सोचनिय हुनुपर्छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआईले) यस प्रश्नको जवाफ फेला पारेको छ । नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै गर्दा हामीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई पनि गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।

हालै एआईले सन् ३००० मा मानिस कस्तो देखिन सक्छ भनेर भविष्यवाणी गर्दै एक तस्विर बनाएको थियो । प्रविधिले हामी सबैको जीवनलाई सहज बनाएको छ । महत्त्वपूर्ण कुरा, यो प्रविधिका धेरै बेफाइदाहरू पनि छन् । लगातार ल्यापटपमा काम गर्दा मानिसहरुको काँध झुकेको छ । मानिसहरु उमेर नपुग्दै ढाड दुख्ने समस्याको सामना गर्न थालेका छन् । डेली मेलको रिपोर्टअनुसार वैज्ञानिकहरुले अबको करिब एक हजार वर्षपछि मानिस कस्तो देखिनेछ भन्ने पत्ता लगाएका छन् ।

खोजकर्ताहरूले मिन्डी नामको एउटा मोडेल बनाएका छन् । उनीहरूले सन् ३००० र त्यसपछिका मानिस यस्तै देखिने दाबी गरेका हुन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले अनुसन्धानकर्ताहरुले मान्छेको भविष्य देखेका छन् । वर्षौंसम्म स्मार्टफोन वा कम्प्युटर स्क्रिनमा हेरिरहँदा मानिसको आगामी पुस्ताको शरीरको संरचना झुकेको हुनेछ । लगातार स्मार्टफोन चलाउँदा मानिसको हात पञ्जाजस्तै मोडिनेछ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस