२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जब एक व्यक्तिले अनलाइनबाट मगाए ९,९४० कण्डम…

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ सुरु भएको छ । यसैबीच नयाँ वर्षको स्वागतसँगै एक खबर खुब भाइरल हुँदैछ । वास्तवमा ब्लिन्किटका संस्थापक अलबिन्दर ढिन्डसाले सन् २०२३ को केही रोचक बिक्रीबारे खुलासा गरेका छन् । उनका अनुसार कण्डम र पार्टी स्मार्ट ट्याब्लेटको बिक्रीमा ठूलो वृद्धि आएको छ । उनले साझा गरेको तथ्याङ्कका अनुसार दक्षिण दिल्लीका एक व्यक्तिले २०२३ मा जोमाटोको स्वामित्वमा रहेको डेलिभरी प्लेटफर्म ब्लिङ्किटबाट ९,९४० कन्डम अर्डर गरेको पाइएको छ ।

ब्लिन्किट ट्रेन्ड्स २०२३ का अनुसार यो वर्ष करिब ३०,०२,०८० पार्टी स्मार्ट ट्याब्लेट (मदिरा पिएपछि बिहानको ह्याङओभरबाट बच्न) प्रयोग हुने कुरा मगाए । बेंगलुरुका व्यक्तिले आइफोन १५ प्रो म्याक्स, एक प्याकेट लेज र छ वटा केरा अर्डर गरेका छन् । रिर्पोट अनुसार एक जनाले एक महिनामा ३८ वटा अण्डरवियर समेत अर्डर गरेको देखिएको छ । उता, अर्का एक ग्राहकले ९७२ मोबाइल चार्जर मगाएको रोचक जानकारी पनि उनले साझा गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस