२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

एसिया कपमा आज नेपाली टोलीले भारतसँग भिड्ने

The Nepali team will face India today in the Asia Cup

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ। समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ।

समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ। अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो।

नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो। नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।

समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन्। सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ। समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अंकमा शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेका भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ। लगातार दुई खेलमा हार भोगेको नेपाल भने अंक विहीनरुपमा तालिकाको पुछारमा छ।

 

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस