२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

श्रमिकका समस्या बुझ्न संसद चौधरी अरिहन्त जुट मिलमा ( भिडियो सहित )

इटहरी / सुनसरी। तेश्रो पटकको अथक प्रयासपछि भगबती चौधरीले सुनसरी क्षेत्र नं. ३ बाट ऐतिहासिक जित दर्ता गराएकी सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संघीय संसद भगवती चौधरीले सोनापुर मा रहेको अरिहन्त मल्टी फाइवर ( जुट मिल ) निरिक्षण गर्नु भएको छ। मिलमा भैरहेको उत्पादन, तेस्लाई गर्न सकिने बजारीकरण बारे मिलका सी.इ.यो. गोबिन्द बजगाईं संग छलफल गर्नु भएको थियो।

हेर्नुहोस् भिडियो

स्थानीय संचार कर्मी र आफ्ना सहयोगी सहित मिलमा पुग्नु भएकि चौधरीले श्रमिकका समस्या र मिल प्रसासन ले दिरहेको सुविधा बारे श्रमिक सँग छलफल गर्नु भएको थियो। मिल प्रसासन र श्रमिक सँग भएको छुट्टा छुट्टै छलफल पछि मिल भित्र काम गरिरहेका श्रमिक सँग उनीहरुले काम गरिरहेकै स्थलमा पुगेर समस्या, गुनासो बारे जानकारी लिनु भएको थियो।

उप्त अवसरमा मिलका सी.इ.यो. गोबिन्द बजगाईंले नेपालमा कच्चापदार्थको अभाव रहेको बंगलादेस बाट कच्चापदार्थको आयात गर्नु परेको भन्दै, लागत मुल्य बढेको बताए, देशमै पाटा खेतीलाई प्रोत्साहन गर्न अनुरोध गर्दै बजगाईले भने किसान लाई सहुलियत दिएर प्रोत्साहन गर्न पहल गरिदिनु पर्यो। साथै उनले भने सरकार ले प्लास्टिक समान भन्दा बातावरण मैत्री जुटका समान पर्योग गर्ने नियम बनाएर स्वदेसी उद्योग लाई सहज बजारको व्यवस्थापन मा सहयोग गर्न आग्रह गरे।

श्रमिक हरुले स्थाई न्युक्ति, बिमा साथै पेन्सनको सुबिधा बारे बोलिदिन आग्रह गरेका थिए। क्वाटर, खानपान र यातायात को बेबस्थापन भए पनि अझै सहज र व्यवस्थित बनाइ दिन प्रसासन संग आग्रह गरिदिन अनुरोध समेत गरेका थिए।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस