२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हुस्सु तथा हिमपातका कारण चिसो बढ्यो, सावधान रहन अपिल

today rain or snow

काठमाडौं । देशभर आज हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । उता, तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जानकाी दियो । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । चिसोबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस