२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जान्नुहोस् मनतातो पानी पिउँदा शरीरलाई हुने ७ अचुक फाइदाहरू

Girl drinking hot water

काठमाडौं । जाडो मौसममा धेरैजसो मानिस मनतातो पानी पिउन रुचाउँछन् । के तपाईलाई थाहा छ मनतातो पानी शरीरका लागि साँच्चै फाइदाजनक हुन्छ । यसले शरीरलाई स्फूर्ति दिने मात्र होइन विभिन्न रोगबाट मुक्त पनि गराउँछ । इम्युन सिस्टम (रोगसँग लड्ने क्षमता) लाई बलियो राख्न पनि मनतातो पानी पिउनुपर्छ । मनतातो पानी पिउनुका अद्भूत फाइदाहरु निम्नानुसार रहेका छन,

मौसमी संक्रमणबाट बचाउनुहोस्
चिसो, खोकी र नाकबाट सिगाँन वा पानी बग्ने समस्याबाट बच्न मानिसहरु जाडो मौसममा आफ्नो दैनिकीमा मनतातो पानीलाई पनि समावेश गर्छन् । यसो गर्दा घाँटीको इन्फेक्सन र नाक बन्द हुने समस्याबाट बच्न सकिन्छ । खाली पेटमा कागतीको रस मिसाएर मनतातो पानी पिउँदा शरीरमा भिटामिन सी र पोटासियमको मात्रा कायम रहन्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

तौल घटाउन सहयोगी
शरीरमा जम्मा भएको अतिरिक्त क्यालोरीलाई बर्न गर्न बिहान उठेपछि मनतातो पानी पिउनुपर्छ । यसले मेटाबोलिज्मलाई बलियो बनाउँछ र शरीरमा जम्मा भएको अतिरिक्त बोसो नष्ट हुन थाल्छ । शरीरलाई स्वस्थ राख्न र मल त्याग नियमित राख्न खाली पेटमा मनतातो पानी पिउनुपर्छ ।

नियमित रक्तसञ्चार
दैनिक मनतातो पानी पिउनाले शरीरमा रगतको प्रवाह नियमित हुन्छ, जसले शरीरलाई उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । बेलुकाको खाना खाएको केही बेरपछि मनतातो पानी पिउनुहोस् । यसले रक्तसञ्चार बढाउँछ । यसका साथै मनतातो पानीले नुहाउँदा पनि शरीरको थकान हटेर जान्छ ।

शरीर सफा रहन्छ
मनतातो पानी पिउनाले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । शरीरको प्रतिरक्षा प्रणाली स्वस्थ रहन्छ । शरीरलाई डिटोक्सिफाई गरेर अतिरिक्त क्यालोरी जम्मा हुने समस्याबाट पनि बच्न सकिन्छ । मनतातो पानी पिउनुहोस्, यसमा पुदिनाको पात, मह र कागतीको रस मिसाउँदा झन धेरै लाभ लिन सक्नुहुन्छ । यसरी पानी पिउँदा पेटको स्वास्थ्य पनि राम्रो हुन्छ ।

छाला र कपाललाई फाइदा हुन्छ
नियमित रूपमा मनतातो पानी पिउनाले शरीर डिहाइड्रेसनबाट बच्छ । यसले छालालाई नरम राख्छ, जसकारण चम्किलो हुन्छ । यसका साथै छालामा बढ्दो उमेरसँगै देखिने असरबाट पनि मुक्त भइन्छ । यस बाहेक मनतातो पानी पिउनाले रक्तसञ्चार नियमित गर्न मद्दत गर्छ, जसले कपाल झर्ने समस्याबाट पनि बच्न सक्नुहुन्छ ।

पाचन क्रियामा सुधार
मनतातो पानी पिउनाले एसिड रिफ्लक्स, खाना नपच्ने र कब्जियत जस्ता पेटसम्बन्धी समस्याबाट राहत मिल्छ । यसले छातीमा एसिडिटीका कारण हुने जलनबाट पनि राहत दिन्छ । मनतातो पानीले खाना पचाउन मद्दत गर्छ । मनतातो पानीमा उमालेको अजवाइन र जीरा मिसाएर पिउनु पनि पेटका लागि फाइदाजनक हुन्छ ।

तनाव कम हुन्छ
प्छिल्लो समय दिन प्रतिदिन बढ्दै गएको तनाव कम गर्न मनतातो पानीले लाभ हुन्छ । यसबाट केन्द्रीय स्नायु प्रणालीलाई ठीक बनाउन सकिन्छ, जसकारण शरीर फ्री रेडिकलको प्रभावबाट मुक्त रहन्छ । यसले तनावलाई सजिलै कम गर्न सकिन्छ । यसो गर्दा शरीरमा हाइड्रेटेड रहन्छ, जसले शान्ति ल्याउँछ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस