२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसारको आधा सुनको मालिक मुसा, सम्पत्ति अनुमान गर्न सकिँदैन, एक नीतिले देश कंगाल भयो

King Musa

काठमाडौं । धन सबैलाई मनपर्छ, यो दुनियाँमा कसलाई धनी हुनुछैन ? जासँग धेरै सम्पति हुन्छ उसले जहिल्लै पैसाको लालच गर्छ । अहिले टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति छन् । यदि इतिहासलाई हेर्नुभयो भने मस्कलाई संसारकै सबैभन्दा धनी व्यक्ति मान्न सकिंदैन । आज हामी त्यस्तै एक व्यक्तिबारे चर्चा गर्न गइरहेका छौँ ।

मुसाको सम्पत्ति कसैले पनि अनुमान गर्न सकेन
हो, इतिहासमा एउटा यस्तो नाम छ । उनको सम्पत्ति यति धेरै थियो कि आजसम्म कसैले पनि उनको सम्पतिबारे अनुमान गर्न सकेका छैनन् । यसबाट के स्पष्ट हुन्छ भने ती व्यक्ति इतिहासमा सबैभन्दा धनी थिए ।

पश्चिम अफ्रिकाका राजा मनसा मुसाको नाम इतिहासको पानामा विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा कैद छ । जसले १४ औं शताब्दीमा त्यहाँ शासन गर्थे । सन् १२८० मा जन्मिएका मनसा मुसाका दाजु मनसा अबु बकरले सन् १३१२ सम्म शासन गरेका थिए । त्यसपछि जब उनी लामो यात्रामा गए, मुसाले सिंहासन कब्जा गरेका हुन् ।

मनसा मुसाको सम्पत्तिको वर्णन गर्दै मनी म्यागजिनले लेखेको छ, ‘कसैले अनुमान गर्न सक्नेभन्दा बढी धनी ।’ भनिन्छ, मनसा मुसा प्रथम पनि तिम्बुक्टुका राजा थिए । मुसा यति धनी हुनुको एउटा कारण पनि रोचक छ । जब उनी राजा भए, तब सुनको माग संसारभरि चरम सीमामा थियो । उनीसँग संसारको आधा सुन थियो । उनले शासन गरिरहेको ठाउँमा सुनको विशाल भण्डार पनि थियो ।

मुसा ४०० अर्ब डलरभन्दा बढीका मालिक
मनसा मुसाको वास्तविक नाम मोसेस केइटा प्रथम थियो । उनलाई सम्राट भनिन्थ्यो, त्यसैले सिंहासनमा बसेपछि उनलाई मनसा भनियो । बीबीसीको एक रिपोर्ट अनुसार उनकाबारेमा अनुमान लगाउन असम्भव छ । आजको मौरिटानिया, सेनेगल, गाम्बिया, गिनी, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजेरिया सबैमा उनले शासन गरेका थिए ।

तर मुसाको धनसम्पत्ति र दयालु मनले गर्दा एउटा सिङ्गो देशको अर्थतन्त्र तहसनहस भयो । एक अनुमानअनुसार उनको सम्पत्ति ४०० अर्ब डलरभन्दा बढी थियो । तर थुप्रै इतिहासकारहरूका अनुसार उनको सम्पत्ति योभन्दा धेरै थियो ।

६०,००० मानिस र १३५ मन सुन लिएर मक्का यात्रा
मुसाको धनसम्पत्तिसँग सम्बन्धित एउटा रोचक कुरा निकै प्रसिद्ध छ । सन् १३२४ मा उनी मक्काको यात्रामा निस्के । यो यात्रामा मुसाले साढे छ हजार किलोमिटरको दूरी तय गरेका थिए । मुसाको यात्रा देखेर मानिसहरू हैरान थिँए । भनिन्छ, उनीसँग ६० हजार मानिसहरू थिए जसमध्ये १२ हजार उनका निजी सेवकहरू थिए । मुसाको घोडाको अगाडि रेशमी लुगा लगाएर सुनको लौरो बोकेका ५०० जना थिए । यससँगै १३६ किलो सुनले भरिएका ८० वटा ऊँट पनि यात्रामा थिए ।

उदारताले गर्दा अर्थतन्त्र तहसनहस
मुसाको यो सुनले सारा मिश्रलाई गरिब बनायो । उदारता देखाउँदै उनले मिश्रको राजधानी कायरो भएर जाने क्रममा त्यहाँका गरिबहरूलाई यति धेरै सुन दान गरे कि सम्पूर्ण देशमा सुनको मूल्य घट्यो र अर्थतन्त्र धराशायी भयो । त्यसपछि त्यहाँ मुद्रास्फीति एकाएक बढ्यो । ५७ वर्षको उमेरमा मुसा यस दुनियाँबाट विदा भए । त्यसपछि तिनका छोराले सिंहासन लिए तर उनले सो साम्राज्य चलाउन सकेनन् ।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस