२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदुवादेखि लसुनसम्म फोहोरबाट उब्जाउन सकिन्छ, नफाल्नुहोस् भान्साका यी ५ चिज

काठमाडौं । प्रत्येक घरको भान्साबाट फोहर निस्कन्छ, जुन मानिसहरूले सामान्यतया डस्टबिनमा फ्याँक्छन् । तर यसलाई धेरै बिरुवाहरू हुर्काउन प्रयोग गर्न सकिने तथ्यबारे धेरै जानकार छैनन् । कसरी भान्साको फोहोरबाट बिरुवाहरू हुर्काउन सक्नुहुन्छ, अनि ती कुराहरू के–के हुन्, जसलाई हामीले फोहोरको रूपमा फ्याँक्नु हुँदैन भनेर जानकारी गराउन गइरहेका छौँ ।

अदुवाको प्रयोग चियादेखि स्वादिष्ट परिकारसम्ममा गरिन्छ । अदुवा, चिसो मौसममा यसको बढी प्रयोग हुन्छ । तर, जब अदुवा खराब हुन्छ, हामी त्यसलाई फोहोरको टोकरीमा फ्याँक्छौं । यस्तोअवस्थामा यदि तपाईं चाहनुहुन्छ भने खराब अदुवालाई डस्टबिनमा नफ्याँकेर गमलामा छर्न सक्नुहुन्छ । केही दिन पछि, जमेर त्यसबाट धेरै अदुवाका बिरुवाहरू उम्रन थाल्छन् ।

हामी प्राय: बजारबाट हरियो प्याज किन्छौं । यसको प्रयोगको समयमा, मानिसहरूले सामान्यतया जराहरू काटेर फ्याँक्छन् । तर यदि तपाईंले ती जराहरू लगभग आधा सेन्टिमिटर माथिबाट काट्नुभयो भने, तपाईंले यसलाई फ्याँक्नु पर्दैन । तपाईं एक भाँडामा प्याजको मूल भाग छर्न सक्नुहुन्छ, केही दिनपछि यसबाट नयाँ पातहरू बाहिर आउन थाल्नेछन् । जसकारण तपाईंले बजारबाट हरियो प्याज किन्नुपर्ने कुराबाट मुक्ति पाउनुहुन्छ ।

हामी अचारदेखि लिएर धेरै स्वादिष्ट परिकारहरूमा पुदिनाको प्रयोग गर्दछौं । तर बजारबाट किनेको पुदिनाको पात भाँचेर प्रयोग गर्छौं, बाँकी रहेको डाँठलाई बेकार भनेर फ्याँक्छौं । तर तरिका जान्यो भने त्यो फालेको पुदिनाले हामीलाई धेरै पुदिनाको पात दिन सक्छ । त्यसका लागि पुदिनाको डाँठबाट पात टिप्दा माथिका दुई पात टिप्नु हुँदैन् । त्यसपछि सम्पूर्ण डाँठको तल्लो भागलाई भाँडामा पानीले भरेर त्यसमा डुबाउनु पर्दछ । केही हप्तामा जराहरू पुदिनाको डाँठबाट बाहिर निस्कन थाल्छन् । त्यसपछि तपाईं यसलाई एक गमलामा रोप्न सक्नुहुन्छ, जहाँ पुदिनाको बिरुवा बढ्छ ।

अक्कसर भान्सामा राखिएको टमाटर बिग्रन्छ, जसलाई हामी डस्टबिनमा फ्याँक्छौं, । तर यदि तपाईं चाहनुहुन्छ भने, तपाईं ती खराब टमाटरको बीउबाट धेरै नयाँ टमाटरका बिरुवाहरू हुर्काएर थप ताजा टमाटर पाउन सक्नुहुन्छ । यसका लागि टमाटरलाई स–साना टुक्रामा काटेर छर्न सक्नुहुन्छ । त्यसबाट बिरुवाहरु केही दिनपछि बाहिर निस्कनेछन् । अनि तपाईं यसबाट फल प्राप्त गर्न थाल्नुहुनेछ । यस तरिकाले तपाईं भान्साको फोहोरबाट धेरै नयाँ टमाटर पाउन सक्नुहुन्छ ।

लसुन अक्सर दाल र मसालेदार तरकारी फ्राई गर्न प्रयोग हुन्छ । तर त्यसलाई लामो समयसम्म राख्दा सुख्खा हुन्छ । सुख्खा हुँदा मानिसहरू फ्याँक्छन् । तर यदि तपाईंले चाहनुभयो भने डस्टबिनमा फ्याँक्नुको सट्टा धेरै लसुन प्राप्त गर्न सक्नुहुनेछ । यस्तोअवस्थामा ती लसुनका पोटीलाई एउटा गमलामा रोप्नुहोस् । केही दिन पछि, त्यसका बिरुवाहरू बाहिर निस्कनेछन् । त्यसपछि लसुनको पातसँग आफ्नो खानाको स्वाद बढाउन सक्नुहुन्छ । यसबाहेक, केही महिनामा तपाईंले लसुनको प्रत्येक पोटीबाट पूरै लसुन प्राप्त गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस