२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चार वर्षीय बालकले स्कुलमा साथीसँग गरे इन्गेजमेन्ट, उपहार दिए २० लाखको पैतृक सामान

काठमाडौं । भन्छन्, केटाकेटी भगवानको अर्को रुप हुन्, जसको मन एकदमै सत्य र सरल हुन्छ । हरकसैलाई यो सत्य स्वीकार्य छ । बच्चाहरूको मनमा कसैको लागि छलकपट हुँदैन् । तर, कहिलेकाहीं बच्चाहरूको यो निर्दोषता आमाबाबुको लागि महँगो पर्न जान्छ । समय समयमा सार्वजनिक हुने त्यस्ता केही घटनालाई यी कुराहरु देखाउँछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा यस्तै एउटा घटना देखिएको छ । एक बालकले नर्सरी स्कुलको कक्षाकोठामा बालिकासँग इन्गेजमेन्ट गरेर १५,००० अमेरिकी डलर (२० लाख रुपैयाँ) बराबरको सुनको इट्टा उपहारमा दिएका छन् ।

गत डिसेम्बर २२ मा चीनको सिचुआन प्रान्तको गुआङआनमा एक बालिकाले खुसी हुँदै आमाबाबुलाई सुनको उपहार देखाइन् । हैरान हुँदै बालिकाका आमाबाबुले उनलाई अर्को दिन साथिलाई उपहार फिर्ता गर्नु भने । उनीहरूले बालकको परिवारसँग पनि सम्पर्क गरे । माफी माग्दै बालकका मातापिताले आफ्नो छोरालाई यी सुनका इँटाहरू तिम्रो भावी पत्नीको लागि हो भनेको जानकारी गराए । आमाबाबुले छोरालाई सुनको इट्टा तिम्रो भावी श्रीमतीका लागि हो भनेपनि लुकिछिपी बाहिर निकालेर कसैलाई दिनसक्छ भन्ने कुरा अपेक्षासम्म गरेका थिएनन् ।

यसबीच सामाजिक सञ्जालमा रमाइला प्रतिकृया आइरहेका छन् । धेरैले दुई बच्चाहरूको मनमोहक मित्रतालाई मन पराएका छन् । एक प्रयोगकर्ताले लेखेका छन, ‘यो सानो केटोमा हिम्मत छ, उसले २०० ग्राम सुन यसरी दियो ।’ अर्को एकजनाले भनेका छन, ‘मेरी सासूले मलाई ब्रेसलेट दिइन्, मेरो छोराले सोध्यो के म मेरो साथीलाई दिन सक्छु ? किनभने उसले सोचेको थियो कि यो साथीलाई राम्रो देखिन्छ । मलाई लाग्छ कि म कृतज्ञ हुनुपर्छ, उसले पहिले मलाई सोध्ने विचार गर्यो ।’ अर्का एकजना लेख्छन्, ‘मेरी छोरीको केटा साथिले उसलाई २०० युआन नगद दिएको थियो । मैले तुरुन्तै त्यही साँझ बालकका आमाबाबुलाई पैसा फिर्ता गरें ।’

चीनमा यस्ता रोचक घटना प्राय: देख्न पाइन्छ । गत वर्ष मे महिनामा चीनमा एक बालकले आफ्नी आमाको सुनको चुरा लिएर आफ्नो बाल सदनकी एक बालिकालाई दिएका थिए । बालककी आमाका अनुसार शिक्षकले आफ्नो छोराको हर्कतबारे थाहा पाएपछि गहनाको हेरचाह राम्रोसँग गर्न चेतावनी दिएका थिए । आमाले चुरा किन लिएको भन्दा उनले सदनमा भएकी एक बालिकालाई उपहार दिन चाहेको जवाफ फर्काए ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस