२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसारकै धनी परिवार : ६५ अर्बको घर, ८ वटा प्राइभेट जेट, सयौं कार

World’s Richest Families 2023

काठमाडौं । आफ्नो परिवारलाई नै संसारको सबैभन्दा सुखी, खुशी तथा धनी परिवार बनाउने चाहना कसको पो नहोला र ? तर कल्पना र चाहनाको विषय न हो, सबै यथार्थमा परिणत हुनसक्ने कुरा भएन । त्यसोभए दुनियाँको सबैभन्दा धनी परिवार कसको होला त ? यो जान्ने उत्सुकता अवश्य पनि छ होला । हो, दुनियाँमा एउटा यस्तो शाही परिवार छ जो ६५ अर्ब रुपैयाँ मूल्य पर्ने घरमा बस्छ । त्यो परिवारका प्राइभेट जेट त आठवटा छन् भने कारको त गणनै छैन । यो परिवारको कुल सम्पत्ति तीन खर्ब पाँच अर्ब डलर छ ।

दुनियाँकै धनी यस्तो डलर खर्बपति परिवार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको हो । World’s Richest Families 2023 को सूचीमा शेख मोहम्मद बिन जायदको परिवार शीर्ष स्थानमा रहेको छ । उनी अबुधाबीका १७औं शासक हुन् ।

ब्लुम्बर्गका अनुसार यो शाही परिवारसँग तीन खर्ब पाँच अर्ब डलरको सम्पत्ति छ । एमबीजीको नामले पनि चिनिने मोहम्मद बिन जायदसँग विश्वको करिब ६ प्रतिशत तेल भण्डारको स्वामित्व रहेको द न्युयोर्करमा उल्लेख छ ।

यो परिवारले विश्वका विभिन्न प्रसिद्ध व्यवसायहरुमा लगानी गरेको छ । उनी इंगलिस फुटबल क्लब म्यानचेष्टर सिटीका मालिक हुन् भने विभिन्न अटोमोबाइल कम्पनीहरुमा पनि उनको हिस्सेदारी छ । न्युज वेबसाइट जिक्यूका अनुसार यो परिवारसँग सुनबाट बनेको कसर अल वतन नामक राष्ट्रपति महल छ । यो यूएईमा रहेका ठूला महलमध्ये एक हो । ९४ एक्कड क्षेत्रफलमा फैलिएको छ यो महल ।

एमबीजी सो परिवारका मुख्य व्यक्ति हुन् । उनका १८ भाइ तथा ११ बहिनी छन् । साथै उनका ९ जना छोराछोरी र १८ जना नातिनातिनी छन् । यी शासकका कान्छा भाइसँग ७०० वटा कार छन् । यो परिवारसँग यूएईका अतिरिक्त पेरिस र लण्डनमा पनि सम्पत्ति छ । न्युयोर्करले सन् २०१५ मा एक रिपोर्टमा उल्लेख गरे अनुसार यो परिवार बेलायती शाही परिवारभन्दा पनि धेरै धनी छ । एमबीजीको अबुधाबी युनाइटेड ग्रुपले सन् २००८ मा बेलायती फुटबल क्लब म्याचनेष्टर सिटी ३५ अर्ब रुपैयाँ बराबरको मूल्यमा खरिद गरेको थियो ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस