२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

५२ वर्षदेखि शासन गरिरहेकी डेनमार्ककी महारानीद्वारा गद्दी त्यागको घोषणा

Announcement of abdication by the Queen of Denmark, who has been ruling for 52 years

काठमाडौँ । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन् l सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् ।

उनले आफू रानी बनेको ५२ वर्ष पुगेको अवसरमा आउँदो १४ जनवरीमा औपचारिक रूपमा राजीनामा गर्ने जनाएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाछन् ।’म सिंहासन मेरो छोरा, क्राउन प्रिन्स फ्रेडरिकलाई छोड्नेछु’ उनको घोषणा छ। सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा पर्छिन् ।

२०२३ को सुरुमा उनको ढाडको शल्यक्रिया गरिएको थियो । ‘शल्यक्रियाले स्वाभाविक रूपमा भविष्यको बारेमा सोच्न लगायो – अर्को पुस्तालाई जिम्मेवारी छोड्ने समय आएको छ, मैले निर्णय गर्ने अहिले नै सही समय हो,’ उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनएका छन् । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले गद्दी छोड्ने महारानीको निर्णयको लागि धन्यवाद दिएका छन् । डेनमार्कमा कार्यकारी अधिकार निर्वाचित संसद् र सरकारसँग रहन्छ। राजसंस्था राजनीति भन्दामाथि सम्मानित भूमिकामा छ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस