काठमाडौं । आइतबार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । अहिलेसम्म कही कतैपनि कुनै क्षतिको विवरण प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार

