२०८१ बैशाख १६ गते आइतवार | 2024 April 28th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजनीतिमा आउने साराको सङ्केत

A sign of Sara ali khan coming into politics

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन् । यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन् । उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ । यही बेला अर्की अभिनेत्री सारा अलीखानले पनि राजनीतिम आउने कुराको सङ्केत दिएकी छन् ।

हालैको एक अन्तरवार्तामा उनले राजनीतिमा आउने कुरालाई नकार्न नसकेको कुरा बताएकी छन् । उनलाई ‘के उनी भविष्यमा राजनीतिमा आबद्ध हुन्छिन् ?’ भनी नेटफ्लिक्स इन्डियाले सोधेको प्रश्नमा उनले सकारात्मक जवाफ दिएकी छन् । ‘हो म भविष्यमा राजनीतिमा पाइला चाल्नका लागि सोच्न सक्छु,’ उनले भनेकी छन् । साराले राजनीतिमा आउने चाहना राखेको यो पहिलोपटक होइन । उनले सन् २०१९ मा एक अन्तरवार्तामा पनि भविष्यमा राजनीतिको चासो बारे आफ्ना धारणा सार्वजनिक गरेकी थिइन् ।

‘मसँग इतिहास र राजनीति शास्त्रको डिग्री छ । त्यसकारण म जुनसुकै समयमा राजनीतिमा प्रवेश गर्न सक्छु । यो मेरा लागि ब्याकअप विकल्प हुने छैन । उद्योगमा जबसम्म काममा सक्रिय हुन्छु, त्यही समयसम्म अभिनय नै रहन्छ । तर समय आउनासाथ राजनीतिलाई पनि साथमै लानेछु’, उनले भनेकी छन् । हालैमात्र सारा अभिनीत ‘मर्डर मुबारक’ र ‘ऐ मेरे वतन के लोगो’ ओटीटीमा रिलिज भएको थियो । फ्यानले उनको अभिनयलाई निकै मन पराए । फिल्म ‘ऐ वतन मेरे वतन’मा स्वतन्त्रता सेनानी उषा मेहताको भूमिका निभाएकी थिइन् ।

उनी यतिबेला अनुराग बासुको फिल्म ‘मेट्रो’मा काम गरिरहेकी छन् । फिल्म सेप्टेम्बर १३ मा रिलिज हुनेछ । यसबाहेक उनी जगन शक्तिको फिल्ममा पनि काम गर्दै छिन् ।

 

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस