२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

अस्पतालको शौचालयमा सालनाल सहित नवजात शिशु फेला

विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो । अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस