२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

अन्तर्राष्ट्रिय क्रिकेटमा आकाश चन्दको ‘डेब्यू’

Akash Chand's 'Debut' in International Cricket

काठमाडौं । युवा बलर आकाश चन्दले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छन्। चन्दले शनिबार हङकङ विरुद्धको खेलमा ‘डेब्यू’ गरेका हुन्। मध्यम गतिका बलर चन्द नेपालको टोलीबाट अन्तर्राष्ट्रिय टी-२० खेल्ने ४६औं खेलाडी बनेका छन्। यू-१९ टोलीमा राम्रो प्रदर्शन गरेका चन्दले राष्ट्रिय टोलीमा स्थान पाएका हुन्।

नेपाल र हङकङबीच मिसन रोड ग्राउन्डमा टी-२० खेल शुरू भएको छ। टस हारेको हङकङले ब्याटिङको निम्तो पाएको छ। रोहत पौडेलको नेतृत्वमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली टोलीमा कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जीसी, सागर ढकाल, रसिद खान र आकाश चन्द छन्।

हङकङ भ्रमण रहेको नेपाली टोलीले एउटा टी-२० र दुई वटा एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस