२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा, काे- काे परे ?

काठमाडौं । त्रिदेशीय टी–२० सिरिज पपुवा न्युगिनि र हङकङउसँगको त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् । नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्नेछन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस