२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुदको मात्र गतिविधि गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिएको हो।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस