२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनका सडकमा गुड्छन् ड्राइभरबिनाका कार, नेपाली पत्रकारले देखाए भिडियो

China Without Driver Car

काठमाडौं । अहिले विश्वव्यापीरुपमै सेल्फ ड्राइभिङ कारको चर्चा चलिरहेको छ । ठूला–ठूला गाडी निर्माता कम्पनी सेल्फ ड्राइभिङ कारको निमार्णमा जुटेका छन् । केही कम्पनीले बजारमा आफ्नो उत्पादन सार्वजनिक गरिसकेका छन् । कतिपय देशले यस्ता गाडी चलाउने अनुमतिसमेत प्रदान गरिसकेका छन् । कतिपयका सडकमा गुड्न थालिसकेका छन् । अहिले चीनका सडकमा सेल्फ ड्राइभिङ कार गुड्न थालिसकेका छन् । उक्त कारमा आफू गुडिरहेको भिडियो चीन भ्रमणमा रहेका पत्रकार गणेश पाण्डेले सेयर गरेका छन् ।

बेलायत लगायतका अधिकांश विकसित देशहरुमापनि यस्ता कारहरु गुडिरहेका छन् । अटोमेटेड गाडीका लागि अटोमेटेड लेन किपिङ सिस्टम (एएलकेएस) नीति विकसित देशले ल्याएका छन् । नेपालमा भने धुले सडक समेत बनाउँन मुस्किल भएका बेला हामीलाई विकासको क्षेत्रमा निक्कै ढिला भएको अर्लट यस्ता विकासले दिन्छ । एजेन्सी

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस