२०८१ जेष्ठ ३ गते बिहिवार | 2024 May 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङको जित लगभग निश्चित, गणनास्थलबाहिर समर्थक र कार्यकर्ताले साट्न थाले खुशी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ र इलाम नगरपालिकाको ३,४,५,६,७,८,९,१०,११ र १२ वडाको मात्रै मत परिणाम आउन बाँकी छ । अब थोरै मात्र मत गन्न बाँकी छँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको जित निश्चितजस्तै छ । उनले मतान्तर बढाउँदै लगेका छन् । अब एकलौटी डम्बरको पक्षमा मत आए मात्र मत परिणाम अर्को हुने हो नत्र सुहाङको जित निश्चित छ । सुहाङले जित्ने भएपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरू गणनास्थल बाहिर भेला भएर नाचगान गर्न थालेका छन् ।

यस्तै इलामको मतगणना भइरहेको सिटी हल क्षेत्रमा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरू भेला हुन थालेका छन् । मतगणना स्थल अगाडि घुइँचो लागेको छ । हिजोको तुलानामा मतगणना स्थलमा एमाले कार्यकर्ताहरुको भिड बढेको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार अब २२ हजार ४१८ मत गन्न बाँकी छ । यहि गतिमा मतगणना हुने हो भने अन्तिम नतिजा कुर्न भने भोली उज्यालोसम्म कुर्नुपर्ने हुन्छ । अहिले गणकहरुको ३ वटा टोली छुट्याएर मतगणना भइरहेको छ ।

१४ हजार ४१९ मत गन्न बाँकी हुँदा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ ६६३२ मतले अगाडि छन् । अहिले इलाम नगरपालिका वडा नम्बर १, २ को मत परिणाम आएको छ अब  ३ नम्बर वडाको आउनेछ । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मा ४६५७९ मत गणना भएको छ । गणना भएको मध्ये ६१६ मत बदर भएको छ । सुहाङ नेम्बाङले २१,३८२
मत ल्याएका छन् भने काँग्रेसले १४,७५० मत पाएको छ । काँग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९९३६ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३६६२ मत पाएका छन् ।

इलाम नगरपालिकामा ३२ हजार ४४ मतदाता रहेकोमा २० हजार ६५ मत खसेको छ । १४ हजार मत गन्न बाँकी रहँदाको अवस्थामा एमाले नेता तथा कार्यकर्ताहरू आफ्ना उम्मेदवारको जित निश्चित जस्तै भएको बताउन थालका छन् । स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकामा मेयर उप मेयर नै नेपाली काँग्रेसले जितेको छ । यस्तै ११ वटा वडा मध्ये ३ वटा वडा मात्रै एमालेले जितेको छ । एमालेले इलाम नगरपालिकाको वडा नम्बर २,३,र ११ नम्बर वडामा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । तर त्यो बेला एमाले एक्लै थियो । अरु दलहरुबीच गठबन्धन भएको थियो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस