२०८१ जेष्ठ ४ गते शुक्रवार | 2024 May 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम जनमतको सन्देश : राजतन्त्र, घण्टी र माधव नेपाल नेपाली नागरिकबाट अस्वीकार्य

काठमाडौं । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताका बारेमा इलाम-२ को उपनिर्वाचन (सानो जनमत संग्रह) कुनै दलले २०८१ को जनादेश भनेका थिए भने केहिले मिसन ८४ को सुरुवात सुर्योदयको जिल्ला बाट भन्न सम्म भ्याएका थिए जस्ले आफ्नो जमानत सम्म बचाउन सकेनन ।

“कुनै हीनताबोध नगरी” राप्रपासित “नवीन समझदारी” गरेकोमा इलाम-२ का ४०४ जना (०.६०%) मतदातालाई धेरै धन्यवाद – राप्रपा अध्यक्ष ! राप्रपाका उम्मेदवारले यस उपनिर्वाचनलाई पटक-पटक “मिनी रेफरेन्डम” (जनमत संग्रह) भनेका थिए र गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताका विरोधीले मात्र आफूलाई भोट दिन आह्वान गरेका थिए। तर १% इलामेले पनि राप्रपाको एजेन्डा पत्याएनछन् ।

त्यस्तै एकीकृत समाजबादिलाई पनि १% जनताले पत्याएनन । मिसन ८४ भनेर हल्ला गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ७% को हाराहारीका जनताले पत्याए । तर जमानत जफत भयो ! पहिचानको पक्षधरले लगभग १७% मत ल्याएर जनता आफ्नो पहिचानको लागि लड्न सक्छन या उक्साहटको पछि मत परिवर्तन तत्कालै गर्न सक्छन भन्ने संकेत पनि गरेको छ ।

यो पटकको निर्वाचनमा पनि बदर मत करिव १.३% हेर्दा जनतामा मतदाता शिक्षाको कमि देखियो । यस निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको आशा गरौं ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस