२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

अमेरिकामा दिउँसै भयाे अँध्यारो, खग्रास सूर्यग्रहणकाे असर कति ?

काठमाडौं । आज चैत २६ गते (एप्रिल ८) सोमवार औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देखे। यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्याे । नेपाल र एशिबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण देखिएन ।

सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ। त्यस बेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ। आज यस्तै भयाे ।
सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु भयाे । कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समयानुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देखे । त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रतिघण्टा २,५०० किलोमिटरको गतिमा अघि बढ्याे ।
त्यसले स्थानीय समयानुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्याे । म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।

खग्रास सूर्यग्रहण कैयौँ खगोलीय अवस्थामध्येको एक हो।
साइन्स कम्युनिकेशन सेन्टर अफ दि अटोनोमस यूनिभर्सिटी अफ चिलेका खगोलविद् ह्वाँ कार्लोस बीयामिनले आफ्नो नयाँ पुस्तक ‘इलस्ट्रेटिड अस्ट्रोनमी” मा लेखेका छन्, “सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् – चन्द्रग्रहण र सूर्यग्रहण।”
उनका अनुसार दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुन्छ।

याे एक खगाेलीय घटना मात्र हाे । यसले खासै असर नगर्ने वैज्ञानिकहरुकाे दाबी छ । यद्यपि ज्याेतिषीय दृष्टिकोणमा यसले असर गर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस