२०८२ कार्तिक २३ गते शनिवार | 2025 November 8th Saturday

ललितपुरमा भीषण आगलागी, एकै परिवारका ५ जना घाइते

२३ वैशाख, काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । मोबिल स्टोर रहेको टहरोमा आलगागीमा भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस