२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपालभाषा र तामाङ भाषा बागमतीमा कामकाजको भाषा, आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषालाई आज काठमाडौंको वसन्तपुरमा एक समारोहको आयोजना गरि शुभारम्भ गरिँदैछ। त्यसैको अवसरमा बिदा दिइएको हो

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ। आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए। काठमाडौं महानगरपाालिकाले पनि आज बिदा घोषणा गरेको छ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस