२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

रियल मड्रिडले जित्यो ला लिगा उपाधि

२३ वैशाख, काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो ।

३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ । ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्कालाई १-० ले पराजित गरेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस