काठमाडौं । टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतीय टोली भिडिरहेको छ । खेलमा पावरप्ले सकियो। ६ ओभरपछि पाकिस्तानले एक विकेट गुमाएर ३५ रन बनाएको छ । अहिले उस्मान खान र मोहम्मद रिजवान क्रिजमा छन् । यसअघि बुमराहले बाबरलाई प्याभिलियन पठाएका थिए । उनले १३ रन बनाउन सके । भारतले जितका लागि पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार

