२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

बागमती प्रदेशमा डेंगु सङ्क्रमित ११ हजार ८६५ पुग्यो, सबैभन्दा बढी धादिङमा !

२३ असार , काठमाण्डौँ । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा तीन जनामा डेंगु पुष्टि भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म काठमाडौँमा तीन हजार १७१‚ चितवनमा एक हजार ७६८‚ ललितपुरमा एक हजार ४५८‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलान्चोकमा १९७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ७९‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा।रविन भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९, चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ र असार २१ गते शुक्रवार सम्म ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । चालु आवको साउनदेखि असार तेस्रो सातासम्म डेंगु सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस