२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो, यी हुन् लक्षणहरू

Toxic Shock Syndrome

काठमाडौं । जापानमा मानव शरीरका तन्तुमाथि आक्रमण गर्ने नयाँ ब्याक्टेरिया फैलिएको पाइएको छ। स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएसएस) नाम दिइएको उक्त रोगबाट जुन २ सम्ममा ९७७ जना संक्रमित भइसकेका जापान टाइम्सले जनाएको छ।

एसटिएसएस नाम दिएको उक्त संक्रमण मानव शरीरमा पसेको ४५ घन्टाभित्र मानिसको मृत्यु हुनेसमेत जनाइएको छ। गतवर्ष जम्मा ९४१ जनामा यो ब्याक्टेरिया देखिएको जापान टाइम्सले जनाएको छ। नेशनल इन्सिच्युट अफ इन्फेक्सियस डिजिवका अनुसार यो ब्याक्टेरिया पहिलोपल्ट सन् १९९९ मा पत्ता लागेको थियो। समूह ए स्ट्रेप्टोकोकसले सामान्यतया बच्चाहरूमा घाँटी सुन्निने र दुख्ने बनाउँछ जसलाई ‘स्ट्रेप थ्रोट’ भनिन्छ, तर केही प्रकारका ब्याक्टेरियाहरूले खुट्टा दुख्ने र सुन्निने, ज्वरो, न्यून रक्तचाप लगायतका लक्षणहरू देखाउन सक्छन्।

यसैगरी नेक्रोसिस, श्वासप्रश्वासमा समस्या र विभिन्न अंग फेल गराउनेसम्म देखिएको छ। ५० वर्षभन्दा माथिका व्यक्तिहरू यस रोगको बढी जोखिममा छन्। जापानमा यसवर्ष २५०० जनामा संक्रमण फैलिने र मृत्युदर ३० प्रतिशत हुने टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले बताएका छन्।

‘सङ्क्रमणको हालको दरमा, जापानमा यस वर्ष ३० प्रतिशतको मृत्युदरका साथमा सङ्क्रमितको सङ्ख्या २५०० पुग्न सक्छ,” टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले भने, ‘बिरामीले बिहान खुट्टा सुन्निएको महसुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टाभित्र मृत्यु गराउन सक्छ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस