२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

‘तिमी अरुसँग व्यस्त छौँ, म डिभोर्सको घोषणा गर्छु’ भन्दै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

काठमाडौं । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौँ। म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’

महराले श्रीमान् शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन्। गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । शेखा महराको जन्म सन् १९९४ मा भएको थियो। ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गरेकी थिइन्। शेख माना एक उद्यमी हुन् ।

उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन्। यसबाहेक उनी एक ट्राभलर पनि हुन्। महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन्। उनीहरूले उनको एकाउन्ट ह्याक भएको बताएका छन्। कैयौँले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन्।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस