२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित

काठमाडौँ, साउन ३० गते। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो।

सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गर्नुभयो।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिनुभयो।

प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उहाँले आग्रह गर्नुभयो।

प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस