२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

कन्डममा घोटाला : अस्थायी साधन प्रयोग गर्न नमान्ने ठाउँमा ढाई करोडका कन्डम बाँडेको कागज

Condom

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा करोडौँ रुपैयाँको कन्डम घोटाला भएको खुलासा भएको छ। खैबर पख्तुनख्वाका बजिरिस्तान, पेशावर लगायत कैयौँ शहरमा उक्त घोटाला भएको हो। यसको खुलासा स्थानीय पत्रकार लिहाज अलीले गरेका हुन्। उनले उत्तरी बजिरिस्तानमा भएको पुरुषको आवादीभन्दा कैयौँ गुणा बढी कन्डम आपूर्ति भएको कागज बनाइएको बताएका छन्। १२ लाख कन्डम कागजमा मात्रै किनिएको र अस्पतालमा कहिल्यै पनि नपुर्‍याइएको उनको भनाइ छ।

आपूर्ति आदेश भएको सात दिनपछि नै यसका लागि रकम पनि निकासा भएको बताइएको छ। यसमा सबैभन्दा ठूलो कमजोरी सार्वजनिक भयो। जब जनवरीमा आपूर्ति गरिएको कन्डमको निर्माण मिति अप्रिल २०२४ लेखिएको हो। यसले कन्डमको खरिद र आपूर्ति प्रायः कागजमा भएको पुष्टि हुन्छ। यो सम्पूर्ण योजना अन्तर्गत १२ लाख कन्डम खरिद गरिएको थियो र तीमध्ये ७ लाख कन्डम उत्तरी बजिरिस्तानमा बाँडिएको थियो। बजिरिस्तानमा सन् २०२३ मा पुरुषको संख्या साढे तीन लाख छ, जसमा बालक पनि छन्।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको आदिवासी क्षेत्र उत्तरी बजिरिस्ताननिवासी मस्तान खान वजिरले आफूसँग जम्मा २२ जना बालबालिका रहेको बताए। उनी भन्छन्, ‘म धेरै बच्चा जन्माउन चाहन्छु, उनीहरूले काफिर र शत्रुहरूसँग लड्न सकून्, मलाई गर्व छ कि मसँग एक दर्जन भन्दा बढी बच्चाहरू छन्। बजिरले यहाँका मान्छेले गर्भनिरोधका साधन प्रयोग नगर्ने गरेको बताएका छन्। उनी भन्छन्‚ ‘हामीलाई बच्चा जन्माउन कसैले रोक्न सक्दैन‚ यी सबै बालबालिका अल्लाका आशीर्वाद हुन्।’

यस्तो विचार राख्ने बासिन्दा भएका पेशावरमा दुई लाख कण्डम आपूर्ति भएको दाबी गरिएको छ। उत्तरी बजिरिस्तान र पेशावर दुवै क्षेत्रका स्वास्थ्य संस्था र अस्पतालले आफूहरूले कन्डमको नपाएको स्पष्ट पारेका छन्। यस्तो अवस्थामा करोडौँ रुपैयाँको कन्डम कागजमा मात्रै बाँडिएको होइन, कन्डम आपूर्ति गर्नुभन्दा पहिलेको समयमा बिल कसरी देखाइयो भन्ने प्रश्न पनि उठेको छ।’

यो समाचार सार्वजनिक भएसँगै खैबर पख्तुनख्वाको प्रदेश सरकारले अनुसन्धान गर्ने घोषणा गरेको छ। प्रदेशका मुख्यमन्त्री अली अमीन गन्दापुरले कन्डम ३ोटालाको जाँच गर्न ५ानबिन समिति बनाउन आदेश दिएका छन्।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस