२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छः पूर्वमन्त्री चौधरी

सुनसरी, १६ भाद्र । पूर्व मन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकि छन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकि हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, बित्तिय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुनेखालका नियम कानूनहरू लागू गर्नुपर्ने बताइन ।

‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भने, ‘यस क्षेत्रमा केही नराम्रा गर्ने संस्थाहरू छन् । तर तीनलाई छानबीन गरेर आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्छ । केही संस्थाले गलत गरे भन्दैमा सबैलाई एकै नजरले हेर्नु हुँदैन ।’ सकारी र बैंक तथा बित्तिय संस्थालाई फरक-फरक तरिकाले नियमन गरिएको भन्दै कुन संस्थाले के गरिरहेका छन् भन्ने कुरा राज्यले नियमन गर्नुपर्ने उनको भनाई थियो । सहकारीहरूको आ-आफ्नो मान्यता र लक्ष्यहरू रहेको भन्दै उनले राज्यले निर्धारण गरेका नियम कानूनमा रहेर काम गर्नुपर्ने बताए । सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै उनले न्यायपूर्ण व्यवहार गर्न आवश्यक रहेको बताइन ।

हरेक व्यक्ति समाजप्रति उत्तिकै रूपमा उत्तरदायित्व बन्नुपर्ने भन्दै उनले भने, ‘हामी सबैले सामाजिक उत्तरदायि निर्वाह गर्नुपर्छ । अहिले हरेक व्यक्तिले आफ्नो उत्तरदायित्व के हो भन्ने कुरा भुल्नु हुँदैन ।’पछिल्लो समय युवाहरूहमा नैराश्यता बढ्दै गएको भन्दै उनले त्यसलाई चिर्दै युवाहरूमा आशा जगाउनका निम्ति सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइन ।
अर्को प्रसंगमा पूर्व मन्त्री चौधरीले पछिल्लो समय युवाहरूमा बढ्दै गएको नैराश्यतालाई चिर्ने खालका गतिविधि सबैले गर्नुपर्ने बताए ।

‘हुनेखानेको छोराछोरीहरू अन्य विकसित क्षेत्रमा जाने गरेका छन् । तर आर्थिक रूपमा कमजोर भएका व्यक्तिका छोराछोरीहरू खाडी लगायतका मुलुकमा श्रम गर्न जाने गरेका छन्’, पूर्वमन्त्री चौधरीले भन्नुभयो, ‘यस्तो अवस्थालाई चिर्नका निम्ति हामीले युवाहरूमा आशा जगाउने खालका गतिविधिहरू सञ्चालन गर्न आवश्यक छ ।’

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस