२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आजपनि सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं, असोज ८ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार, सोमबारपनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

आइतबार सुन प्रतितोलामा एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको थियो । आज मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

यसैगरी, सोमबार चाँदीको भने मूल्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार भन्दा चाँदी ५ रुपैयाँले घटेको छ ।

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस