२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

यसपालि दसैंमा नयाँ होइन, सुकिला नोट

New notes can be exchanged from today

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दसैंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लाराम पोखरेलले बताए ।

‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन,’ राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने, ‘एकपटक चलनचल्तीमा आएका सुकिला नोट नै यसपटक दसैंमा सटही गर्न लागिएको हो ।’

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवसथा हुने उनले बताए । विगतदेखि नै नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही गर्ने वयवस्था गर्दै आएको थियो ।

साना दरको १/१ सेटको दरले १८ हजार ५ सय रुपैयाँको नयाँ नोट सटही गर्ने व्यवस्था केन्द्रीय बैंकले गर्दै आएको थियो । गत वर्ष साटिएका नयाँ नोट केन्द्रीय बैंकमा फिर्ता आएका कारण सोही नोट यो वर्षको दसैंमा सटही गर्ने व्यवस्था हुने उनले बताए । ठूला दरका नोट पनि सुकिला नोट नै बजारमा पठाइने उनले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस