२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

तीन महिनामा वाणिज्य बैंकहरूले कमाए १६ अर्ब नाफा

७ कार्तिक, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि ओजसम्ममा वाणिज्य बैंकहरूले १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० वाणिज्य बैङ्कहरूले १६ अर्ब २३ करोड १९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको खुद नाफा २१ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूमध्ये १२ को खुद नाफा बढेको छ भने ८ वटाको गिरावट आएको छ।

कसको कति नाफा ?

तीन महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल बैंकको ३२२.९७, प्रभु बैंकको ०.६२, लक्ष्मी सनराइजको ४२०.५३, नेपाल एसबीआईको ७०.०१, प्राइम कमर्सियलको ११.७५, स्ट्यान्डर्ड चार्टर्डको ४.१७, कुमारी ३०८.५, सिद्धार्थ बैंकको ७९१.५०, एनएमबी १८.९४, एभरेस्ट बैंकमा ४४.४४, नबिल बैंकको ३९.९७ प्रतिशतले नाफा बढेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस