२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो २० करोड रुपैयाँ !

१० कार्तिक, काठमाडौँ । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ ।

उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस