२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कुलमानको चेतावनी : १५ दिनमा बक्यौता नतिरे उद्योगीहरूको लाइन फेरि काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काटिने चेतावनी दिएका छन्। बुधबार पत्रकार सम्मेलनमा घिसिङले बक्यौता रकम उउठे प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका छन्।

घिसिङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। अब सरकारको निर्देशनअनुसार १५ दिनमा बक्यौता नउठे प्राधिकरण प्रक्रिया अनुसार अघि बढ्छ।’

आफूमाथि राजनीति गरेको आरोप लागेको बताउँदै घिसिङले आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताए। उनले लोकप्रियताका लागि कुनै काम नगरेको र कानुन अनुसार संस्थाको हितका लागि काम गरिरहेको स्पष्ट पारेका छन्।

उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ। उनले भने, ‘लाइन काट्नुभन्दा अगाडि उत्पादित वस्तु बिक्री नभएसम्म उद्योगी लाइन जोड्न नआउने र सामान बिक्रीपछि ब्ल्याकमेल गर्नुहुन्छ ।’

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस