२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

निर्मला पन्त प्रकरण: झुठो दाबी गर्ने व्यक्ति पक्राउ, पत्रकार धमलालाई पनि सीआईबीले बोलायो

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ। एसपी होविन्द्र बोगटीका अनुसार, गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

एसपी बोगटीका अनुसार अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा हुन्। त्यो विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। अर्यालले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए। अन्तर्वार्तामा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण सुनाएका थिए।

सीआईबीले, अन्तर्वार्ता लिने प्राइम टेलिभिजनका पत्रकार ऋषि धमलालाई पनि सोधपुछका लागि बोलाएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस