२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

तनहुँको बन्दीपुरमा बस दुर्घटना: १ जनाको मृत्यु , ३० जना घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुईवटा बस आपसमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन्।

बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठक्कर खाँदा ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेमध्ये दुईजनाको सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ। घाइते ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस