२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ।

८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो उहाँलाई मृत घोषणा गरेको हो। अस्पतालका निर्देशक डा.योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा आइपुगेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,“आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालमा ल्याउँदा नै उहाँको मृत्यु भैसकेको थियो। अस्पतालमा ल्याएपछि उहाँको सिपिआर गरिएको थियो।” उहाँ लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस