२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

एक र दुई बर्षका दुई छोराको आमाले ओभनमा हालेर लिइन् ज्यान

www.janaboli.com;

काठमाडौं । यो समाचार अत्यन्तै पीडादायक र दिल दहला दिने छ। अमेरिकाको अटलाण्टा शहरमा २४ वर्षीया महिला, लैमोरा विलियम्सलाई आफ्ना दुई साना बच्चाहरूलाई क्रूरता पूर्वक मारेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले आफ्ना १ वर्षका जैकर्टर पेन र २ वर्षका याउण्टे पेन नामका दुई छोराहरुलाई ओभनमा राखेर पुरै जिउँदै जलाएर हत्या गरेकी थिइन्। यो घटना २०१७ को हो र विलियम्सलाई १४ वटा अभियोगमा दोषी ठहर गरिएको छ। उनलाई आजीवन कारावासको सजायसँगै थप ३५ वर्षको अतिरिक्त जेल सजाय पनि दिइएको छ।

विलियम्सले आफैं इमरजेन्सी नम्बरमा फोन गरेर भनेकी थिइन् कि उनले आफ्ना दुई बच्चाहरूलाई मृत अवस्थामा भेटे । उनले फोनमा भनेकी थिइन्, जब म घरभित्र प्रवेश गरें, मेरो सबैभन्दा सानो छोरा मेरो अर्को छोराको माथि थियो र मेरो दोस्रो छोरा भुइँमा लडेको थियो । के तपाईं मेरो मद्दत गर्न सक्नुहुन्छ ? यो मेरो गल्ती होइन। म अहिले भर्खर घर फर्केकी हुँ । लगभग त्यहि समय उनका श्रीमान जमील पेनले पनि ९११ मा फोन गरेर घटना बारे जानकारी दिएका थिए। उनले भनेका थिए कि उनकी पत्नीले उनलाई भिडियो कल गरेकी थिइन् ।

पुलिस अधिकारीहरू घटनास्थलमा पुगेपछि शवहरूमा जलेको दागहरू देखिए । प्रारम्भिक परीक्षण अनुसार, मृत्युको कारणलाई ओभनको प्रयोगसँग जोडिएको बताइएको छ। मेडिकल परीक्षकलेपनि भनेको थियो कि, बच्चाहरूको टाउकोलाई सम्भवतः ओभनमा राखेर जलाइएको थियो। शव परीक्षण रिपोर्टले एकिन नै गरिदियो की उनीहरूलाई ओभनमा राखेर जलाएर मारिएको हो।

अटलाण्टा पुलिस विभागले जारी गरेको गिरफ्तारी वारण्ट अनुसार, १२ अक्टोबर २०१७ को मध्यरात्रिमा, विलियम्सले जानेबुझेर आफ्ना दुई साना बच्चाहरूलाई ओभनमा राखेर चलाइन् । जसबाट उनीहरूको मृत्यु भएको थियो। यद्यपि, विलियम्सले आफैंलाई निर्दोष बताउँदै भनेकी थिइन् कि उनले यो अपराध गरेको छैन।

विलियम्सकी आमा, ब्रेंडाले भनेकी छन् कि उनकी छोरी मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेकी थिइन् । त्यसैले उनलाई जेलमा रहँदा आत्महत्या सम्बन्धी निगरानीमा राख्नुपर्ने आवश्यकता छ। यो घटना मात्र अपराधको दृष्टिले अत्यन्त क्रूर र घृणास्पद मात्र छैन, यसले मानसिक स्वास्थ्यको समस्याहरू र अपराधीको मानसिक अवस्थामा रहेका जटिलताका बारेमा पनि गम्भीर प्रश्नहरू उठाउँछ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस